२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

एपिआई बैंकिङ प्लेटफर्म र्‍यापिड सार्वजनिक

shivam cement
२०८२ मंसिर ७ गते २१:२६
Shares
एपिआई बैंकिङ प्लेटफर्म र्‍यापिड सार्वजनिक

काठमाडौं : अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फन्ड ट्रान्सफर गर्न, इएमआई तिर्न वा तलब भुक्तानी गर्न फरकफरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्ने भएको छ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्नेगरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्‍यापिड’ नामक एपिआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ ।

यसअघि कर्पोरेट ग्राहकले यी कार्यका लागि विभिन्न बैंक र सफ्‌टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो, जसले समय र स्रोत दुवै खर्चिलो थियो । तर अब बैंक तथा वित्तीय संस्थाले आफ्‌नो प्रणालीमा ‘र्‍यापिड’ एकीकृत गरेपछि प्रयोगकर्ताले आफ्‌नै सफ्टवेयर वा ईआरपी प्रणालीबाट एउटै प्लेटफर्म प्रयोग गरेर सबै बैंकिङ कार्य गर्न सक्नेछन् ।

सुरुवाती चरणमा ग्लोबल आइएमई बैंकमा खाता रहेका टिग अकाउन्टिङ सफ्‌टवेयरका प्रयोगकर्ताले र्‍यापिडको सुविधा पाउनेछन् । प्रयोगकर्ताले कनेक्ट विद एपिआई बैंकिङमा गएर आफ्‌नो बैंक खाता लिंक गर्न सक्नेछन् । र्‍यापिडले कर्पोरेट बैंकिङ सेवाको प्रवाहमा ठुलो रूपान्तरण ल्याउने गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले बताए । नयाँ प्रणालीले वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायको समय, लागत र अपरेसनल झन्झट उल्लेखनीय रूपमा घटाउनेछ ।

ADV

सम्बन्धित खबर