२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

सोयाबिन तेलको आयात–निर्यात धेरै 

shivam cement
२०८२ मंसिर ७ गते २१:१७
Shares
सोयाबिन तेलको आयात–निर्यात धेरै 

काठमाडौं : चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो चार महिनामा 
६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ७१ प्रतिशतले बढी हो । यस्तै, साउनदेखि कात्तिकसम्म नेपालबाट ९३ अर्ब ४९ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

चार महिनामा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात ७७ दशमलव ५१ प्रतिशतले बढेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७७ दशमलव ५१ प्रतिशतले रहेको भन्सार विभागले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म नेपालको व्यापार घाटा ११ दशमलव ९९ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।  

आयात निर्यात बढदै जाँदा नेपालको बजारसमेत चलायन हुँदै गएको छ । जेनजी आन्दोलनले बजारमा सुस्त भएको भनेपछि आयात निर्यात बढ्दा बजारले गति लिएको देखिन्छ । चार महिनामा नेपालको वैदेशिक व्यापार चार महिनामा ७ खर्ब बढी भएको छ ।  साउनदेखि कात्तिकसम्म ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाइएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चार महिनामा सबैभन्दा धेरै ३७ अर्ब ९७ करोडको रुपैयाँबराबरको कच्चा भटमासको तेल आयात भएको छ । यस्तै, डिजल ३१ अर्ब ८९ करोड र पेट्रोल २२ अर्ब ३७ करोड र एलपिजी ग्यास १८ अर्बभन्दा धेरैको आयात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै, चार महिना  १६ अर्ब १५ करोडभन्दा बढीको स्मार्ट फोनको आयात भएको छ । देशभरका भन्सार नाकामध्ये सबैभन्दा धेरै आयात निर्यात वीरगन्ज नाकाबाट भएको छ । त्यसपछि भैरहवा, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट धेरै कारोबार भएको भन्सार विभागले जनाएको छ ।

ADV

सम्बन्धित खबर