२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

टोखा वनदेवी मार्गमा भासियो जमिन, प्राधिकरणको टोली र सिडिओद्वारा निरीक्षण

shivam cement
मध्यान्ह
२०८१ साउन ९ गते २२:०७
टोखा वनदेवी मार्गमा भासियो जमिन, प्राधिकरणको टोली र सिडिओद्वारा निरीक्षण

सुशान्त न्यौपाने/मध्यान्ह

काठमाडौं : काठमाडौंको टोखा ११ वनदेवी मार्गको जमिन भासिन थालेको छ । जमिन भासिएसँगै उक्त स्थानमा रहेका घरहरु चर्किएका छन् । जमिन भासिएर ७/८ वटा घरहरु बगेको छ । 

जमिन भासिएर घरहरु चर्किएपछि विपद व्यवस्थापन प्राधिकरण र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको टोलीले निरीक्षण गरेको छ । बुधबार बिहान राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखसहित प्राविधिकहरु र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेको टोलीले निरीक्षण गरेका हुन् । 

मंगलबार स्थानीयले नगरपालिकालाई उक्त विषयमा जानकारी गराएका थिए । त्यसपछि नगरपालिकाबाट नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्ष घनश्याम खड्कासहित वडाका जनप्रतिनिधिहरु र प्राविधिकहरुले निरीक्षण गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयलाई पत्राचार गरेका थियो ।

निरीक्षणमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जितेन्द्र बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, इन्जिनियर अर्जुनकुमार बमसहितका प्राविधिकहरु, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेसहितको नेपाल प्रहरीको टोली, राष्ट्रिय अनुसन्धान काठमाडौंका विकास पाण्डे, नेपाली सेना नरसिंह दल गणबाट प्रमुख सेनानी गणेश खड्काको टोली, सशस्त्र प्रहरी बल काठमाडौंबाट शैलेश श्रेष्ठको टोली, टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा नं. ८ का वडाअध्यक्ष रमेश खत्री र वडा नं. ११ वडाअध्यक्ष घनश्याम खड्का लगायत वडासदस्यहरु, नगर प्रहरीको टोली र स्थानीयबासीको सहभागिता रहेको थियो ।

निरीक्षणपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जोखिम भएका घरहरुको प्राविधिक खटाएर काम शुरु गर्ने र त्यसका लागि नगरपालिकाले सहजीकरण गर्नुपर्ने बताए । टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरको प्राविधिक टोली र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिकहरुको टोली मिलेर जोखिम न्यूनीकरणका लागि कार्य अगाडि बढाउने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise