२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

घाइते पाइलट शाक्य खतरामुक्त

shivam cement
मध्यान्ह
२०८१ साउन ९ गते १७:३०
घाइते पाइलट शाक्य खतरामुक्त

काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । 

सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । 

आँखा र टाउकोमा चोट लागेको अवस्थामा भेटिएका क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । क्याप्टेन शाक्य बोल्ने अवस्थामा छन् । उनको शरीरमा जलन देखिएको छैन । शरीरमा चोटमात्र देखिएको अवस्था छ ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र घाइते अवस्थामा उद्धार भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise