२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

shivam cement
मध्यान्ह
२०८१ साउन ९ गते १५:०२
बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ, ९ साउनः सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन: सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
 
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ः११ दुर्घटनामा परेपछि दुवैतर्फका उडान-अवतरण बन्द भएको थियो । 

चालक दलका सदस्यसहित १९ जना यात्री रहेको सो विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।   

सो दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । विमान चालक मनिष रत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise