२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफबीच लगानी सम्झौता

shivam cement
मध्यान्ह
२०८१ साउन ७ गते २०:५३
प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफबीच लगानी सम्झौता

काठमाडौं : प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता भएको छ । २० वर्षदेखि शैक्षिक इतिहास निर्माण गरिसकेको प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीचमा संस्थागत विकासको वृहत्तर अवधारणा अनुरुप इक्विटी लगानी सम्झौता सम्पन्न भएको हो ।

दुवै कम्पनीका सञ्चालकको उपस्थितिमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरे । 

लगानीका क्षेत्रमा नेपालमा पहिलो पटक संस्थागतरुपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ । शैक्षिक प्रवर्द्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राका क्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise