२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

प्रतिनिधिसभा बैठक शुरू, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

मध्यान्ह
२०८१ साउन ६ गते १३:३७
प्रतिनिधिसभा बैठक शुरू, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

काठमाडौँ, ६ साउन : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । 

त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने विषय पनि कार्यसूचीमा रहेको छ 

ADV

सम्बन्धित खबर