२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार नाघ्याे

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते १२:०७
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार नाघ्याे

काठमाडौंः पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुगेको छ । 

अन्य ३ हजार २ सय ५१ जना घाइते भएका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका सूचना तथा प्रकाशन प्रमुख जुमा खान नायलले बताएअनुसार भूकम्पका कारण मुख्यतया कुनार प्रान्तमा ८ हजार भन्दा बढी आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् । 

राहत र उद्धार टोलीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काम गरिरहेका छन् । अगस्ट ३१ मा स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो । जसको केन्द्रबिन्दु नान्गरहार प्रान्तको राजधानी जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा आठ किलोमिटर गहिराइमा रहेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise