२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

युद्धका कारण शिक्षाबाट वञ्चित गाजाका विद्यार्थी

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते ११:२९
युद्धका कारण शिक्षाबाट वञ्चित गाजाका विद्यार्थी

काठमाडौंः सेप्टेम्बर महिना विश्वभरका धेरै भागका बालबालिकाका लागि विद्यालय वर्षको सुरुवात हो । तर युद्धग्रस्त गाजामा बसोवास गर्ने प्यालेस्टिनी विद्यार्थीका लागि यस सेप्टेम्बरमा विद्यालय फर्कने सम्भावना गत वर्ष जस्तै टाढाको आशा बनेको छ । 

मध्य गाजापट्टी शहर देइर अल–बलाहमा रहेको विस्थापन शिविरको प्रवेशद्वारमा १२ वर्षीया मारम चुपचाप बसिरहेकी थिइन् । उनको छेउमा पुरानो धुलोले ढाकिएको झोला राखिएको थियो । आफूहरुको जीवन पहिलाको जस्तै होस् भन्ने चाहेको उनी बताउँछिन् । 

संयुक्त राष्ट्र संघद्वारा जारी तथ्याङ्कअनुसार युद्धले पूर्वाधारलाई ध्वस्त पारेको छ । विद्यालयहरु विस्थापित परिवारहरूको लागि आश्रयमा परिणत गरिएको छ । गाजामा हाल ६ लाख ६० हजार भन्दा बढी विद्यार्थी कक्षाकोठा र शैक्षिक सामग्रीहरूमा पहुँचबाट वञ्चित छन् । 

अगस्टको अन्त्यमा भनिएको छ कि अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएपछि गाजापट्टी र पश्चिम किनारमा इजरायली आक्रमण सुरु भएदेखि १८ हजार ४ सय ८९ विद्यार्थीहरू मारिएका छन् । २८ हजार ८ सय ५४ घाइते भएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise