२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

राष्ट्रपतिद्वारा अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

shivam cement
मध्यान्ह
२०८१ साउन १ गते १६:०४
राष्ट्रपतिद्वारा अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

ADV

सम्बन्धित खबर

Advertise