२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

प्रेस युनियन युरोपको अध्यक्षमा सञ्जय कँडेल

shivam cement
मध्यान्ह
२०८१ साउन १ गते १२:२६
प्रेस युनियन युरोपको अध्यक्षमा सञ्जय कँडेल

लिस्बन : नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार जुममार्फत सम्पन्न भएको अधिवेशनले कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थ बिक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल, भरत प्रधान र सबिना श्रेष्ठ चयन भएका छन् । अधिवेशनले शाखाको महासचिवमा प्रबल भट्टराईलाई चयन गरेको छ भने उपमहासचिवमा प्रतीक लामिछाने चयन भएका छन्। यस्तै सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।

शाखाको सदस्यहरुमा कञ्चन प्रसाई, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानियाँ, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ सर्वसम्मत चयन भएका छन् । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

यसअघि अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस-एमाले गठबन्धनको सरकारले नागरिकका निराशा चिर्ने गरी काम गर्नुपर्ने बताए ।

लोकप्रियताको राजनीतिले राज्यका संस्था र उपलब्धिलाई बर्बाद पार्ने धारणा राख्दै महामन्त्री थापाले पपुलिष्ट राजनीतिक शक्तिहरुले सिर्जना गरेको भ्रम तोड्न प्रेसको भूमिका महत्वपूर्ण हुने बताए ।

स्वच्छ बहस र विमर्शले लोकतान्त्रिक शक्तिलाई फाइदा पूग्ने उल्लेख गर्दै थापाले सो अभियानमा लाग्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रेस युनियनका पूर्व केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले पुराना दललाई गाली गरेर मात्रै नयाँ दल राजनीतिकरुपमा स्थापित हुन नसक्ने बताए । देशलाई भुटानीकरण गर्ने र प्रान्त बनाउने जस्ता अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै नेता शिवाकोटीले त्यस्ता राष्ट्रघाती अभिव्यक्तिलाई मिडियाले उदांगो पार्नुपर्ने  बताए । सस्तो लोकप्रियता र प्रोपोगन्डाका भरमा राजनीतिक सत्ता स्थापित नहुने उनको भनाइ थियो ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रवासी नेपालीका मुद्दालाई नेपालसँग जोड्ने गरी काम गर्न आग्रह गर्दै संगठनलाई अब्बल र बलियो बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुल आचार्य, नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम, कांग्रेस नेता राजकुमार त्रिपाठी, प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष डा. यादव पण्डित, एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा, नेपाली जनसम्पर्क समिति युकेका सभापति महेश दाहाल, नेपाली जनसम्पर्क समिति नेदरल्यान्डका सभापति सालिक गौतम, रोयल बरो अफ ग्रीनवीच लण्डनका मेयर जीत रानाभाट, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, वरिष्ठ पत्रकार भागीरथ योगी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, नेपाल प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम शाखाका संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षता, सबिना श्रेष्ठको स्वागत तथा प्रबल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise