२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १५:०३
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

आजै प्रदेश प्रमुखको कार्यालयले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आह्वान गरेको थियो । त्यसलगत्तै बानियाँले दाबी पेस गरेका हुन् । 

प्रदेश प्रमुखसमक्ष पेस गरिएको दाबीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ । 

संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनले दाबी पेस गरेका हुन् ।

बहादुरसिंह लामाले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

ADV

सम्बन्धित खबर

Advertise