२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- 'संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं'

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १४:१४
रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- 'संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं'

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको दुरुपयोग गरिररहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले संसदमा गरिरहेको गतिविधिप्रति आपत्ति जनाएका हुन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद बहिष्कार गर्दै आएका छन् । प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसदको मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘संसदमा उभिएर सधैं गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनेर भन्ने- भिजिट भिसा भनेको के मानव तस्करी हो ? यहाँ भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को छ ? को सांसद हुनुहुन्छ ? यो के भन्न खोजिएको हो ?’

प्रमुख सचेतक घिमिरेले अब पनि संसदमा उभिएर अरुलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रिने चेतावनी समेत दिए । 

ADV

सम्बन्धित खबर

Advertise