२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

पर्यटनमन्त्री पाण्डेको पहिलो निर्णय : पर्यटन नीति संशोधनका लागि कार्यदल

मध्यान्ह
२०८१ असार ३१ गते २१:३५
पर्यटनमन्त्री पाण्डेको पहिलो निर्णय : पर्यटन नीति संशोधनका लागि कार्यदल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन नीतिलाई समयसापेक्ष बनाउन  पर्यटन नीति संशोधनको लागि कार्यदल बनाएका छन् । पर्यटन मन्त्रालयका सहसचिव हेमराज तामाङको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलले तीन महिनामा प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ । पर्यटनमन्त्री पाण्डेले आफ्नो पहिलो निर्णयका रुपमा पर्यटन नीति, २०६५ लाई समयसापेक्ष बनाउन अध्ययन र सुझाव दिन गठित कार्यदल गठनसम्बन्धी निर्णय गरेका हुन्  । 

पर्यटन क्षेत्रको विकास सम्वद्र्धन, प्रवद्र्धन र त्यस क्षेत्रलाई सुदृढ गर्नेगरी पर्यटन नीति बनाउनेगरी अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने छ ।  यस्तै मन्त्री पाण्डेले नयाँ पर्यटन नीतिमार्फत पर्यटन क्षेत्रका सम्भावनाको उजागर गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने कार्यक्रम बन्ने बताए उनले भने ‘नेपालको पर्यटन क्षेत्रलाई कसरी प्रभावकारी विकास गर्न सकिन्छ भनेर हालको पर्यटन नीतिलाई परिमार्जन गर्न मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्नेछ’ । 

पर्यटनमन्त्री पाण्डेले कोरोना महामारी, राजनीतिक अस्थिरताकाबीच मुलुकको पर्यटन पुरानै लयमा फर्किएको तथा विसं २०८४ सम्म राजनीतिक स्थिरतातर्फ अघि बढेकाले उक्त अवधिमा पर्यटनको विकासमा केन्द्रित हुने बताए । उनले सन् २०२३ देखि २०३२ को अवधिलाई भ्रमण दशकका रुपमा कार्यान्वयन गर्दै बढीभन्दा बढी पर्यटक आकर्षणका लागि काम गर्ने बताए । पर्यटनमन्त्री पाण्डेले संस्कृति देशको प्राण हो भन्दै यसको संरक्षण विकासका लागि सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिए ।

ADV

सम्बन्धित खबर