२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

विपद्‍मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

shivam cement
मध्यान्ह
२०८१ असार ३१ गते १९:२८
विपद्‍मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं : सरकारले विपद्‍मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढी पहिरोजस्ता विपद्‍मा बेपत्ता भइ १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise