काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् ।
राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका टोली व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए ।
सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टिम लाहोरले प्रतियोगिताको १० खेलमा ६ अंक जोडेको थियो । उनकोे टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies