२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

देउवाले धेरै हँसिया बनाए, तर घाँस काट्न सकेनन् : डा. भण्डारी

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते २२:१४
देउवाले धेरै हँसिया बनाए, तर घाँस काट्न सकेनन् : डा. भण्डारी

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले संगठनमा धेरै पद बाँडफाँट गरे पनि त्यसको ठोस परिणाम नआएको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, ‘शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काट्न सक्नु भएन ।’

उनले सभापति देउवाले पार्टीभित्र थुप्रै पदाधिकारी, सदस्य र प्रतिनिधि बनाए पनि उनीहरूले पार्टीमा प्रभावकारी काम गर्न नसकेको बताए । 

नेता भण्डारीले पार्टी प्रशिक्षण कार्यक्रम सुधार गर्नुपर्नेमा जोड दिँदै विषयवस्तु र प्रशिक्षक पात्र परिवर्तनको आवश्यकता औंल्याए । पार्टीको भातृ संगठनमा निर्वाचन नभइ मनोनयन प्रणालीले कार्यक्षमता खस्किएको भन्दै उनले भने, ‘समिति आफूले बनाउने, चलाउन अर्कालाई दिने गर्दा काम लाग्दैन ।’

पार्टीभित्रको आपसी द्वन्द्वका बेला रमिता हेर्ने प्रवृत्ति त्यागी मिलाउने प्रयासमा लाग्नुपर्ने उनको भनाइ थियो ।

सीमान्तकृत वर्गले सेयर पाउने गरी ल्याइएको जलस्रोत नीतिलाई पार्टीले आत्मसात् गर्नुपर्ने सुझाव दिँदै उनले उक्त नीतिबाट गरिबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । भण्डारीले आगामी निर्वाचनमा असर नपर्ने गरी पार्टी महाधिवेशन गर्नुपर्नेमा पनि जोड दिए । उनले भने, ‘सामाजिक सञ्जालमा उठेका जनचासोका विषयलाई नजिकबाट नियाल्न र सरकारका कामको निर्मम समीक्षा गरेर सुधारतर्फ लाग्नुपर्छ ।’

भण्डारीले राष्ट्रपति वा उपराष्ट्रपतिसम्म भइसकेका नेताले पार्टीको ‘रसिद काटेर’ फर्कदा जनतामा राजनीतिप्रति वितृष्णा बढ्ने भन्दै चिन्ता व्यक्त गरे । 

उनले विद्यालय शिक्षा विधेयक, विदेश पलायन भइरहेको युवाशक्ति, कृषकलाई मल बीउको अभाव, साथै रुपन्देही र मनाङमा हुने उपनिर्वाचन लगायतका विषयमा पनि उनले पार्टीले स्पष्ट धारणा लिनुपर्ने बताए ।

निजामती सेवा विधेयक पारित गर्ने क्रममा देखिएको कमजोरीलाई व्यक्तिगत होइन, सामूहिक जिम्मेवारीको रूपमा लिनुपर्नेमा उनले जोड दिए ।

ADV

सम्बन्धित खबर

Advertise