२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

बाढीले बस बगायो, ३८ यात्रुको सकुशल उद्धार

shivam cement
विनोद निगम
२०८२ असार ६ गते ०८:१०
बाढीले बस बगायो, ३८ यात्रुको सकुशल उद्धार

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । विनयी खोलामा आएको आकस्मिक बाढीले यात्रुवाहक बस बगाउँदा त्यसमा सवार ३८ यात्रुको भने सकुशल उद्धार गरिएको छ ।

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।

विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए । बसमा सवार तीन जना शिशुसहित ३८ जना यात्रुहरूलाई रातभरि चलेको उद्धार कार्यमार्फत सुरक्षित निकालिएको हो ।

‘बस खोलाको बिचमै अड्किएपछि यात्रुहरूलाई तत्काल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय, नवलपुरका अनुसार उद्धार कार्यका लागि एक्साभेटरको प्रयोग गरिएको थियो । उद्धारमा स्थानीय बासिन्दा, प्रहरी र ट्राफिक टोलीले सक्रिय सहभागिता जनाएका थिए ।

रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन् । 

वर्षाका कारण खोलामा आएको आकस्मिक बाढीले बस बगाएको प्रारम्भिक अनुमान गरिएको छ । यस्ता जोखिमपूर्ण स्थानमा सतर्कता अपनाउन ट्राफिक प्रहरी कार्यालयलेआग्रह गरेको छ ।

 

ADV

सम्बन्धित खबर

Advertise