२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

माओवादी सांसद बस्नेतको टिप्पणी- 'दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन'

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते १३:०३
माओवादी सांसद बस्नेतको टिप्पणी- 'दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन'

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाए । उनले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध नगरी बजेट ल्याएको बताए ।

उनले सबै दृष्टिकोणले बजेट विनियोजन र आ-आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित भएको आरोप लगाए । सांसद बस्नेतले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरको विषयहरूमा समेत बजेटको जथाभाबी विनियोजन भएको बताए ।

उनले बजेटको जथाभाबी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारका कारण विरोधस्वरुप विरोधको प्रस्ताव दर्ता गरेको समेत बताए ।

ADV

सम्बन्धित खबर

Advertise