काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् ।
उनले कार्यसूची आउने, फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । उनले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताए । उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरे ।
उनले बजेटको किताब नआउँदा खर्च कटौतीको प्रस्ताव दिन नपाएको गुनासो गरे ।