२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

स्थानीय तह पनि सरकार नै हो : सिटौला

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते ११:४२
स्थानीय तह पनि सरकार नै हो : सिटौला

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले स्थानीय तह सरकार होइन भन्ने मानसिकताबाट अघि बढ्न नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानले तीन तहको सरकारको परिकल्पना गरेको र जसमा संघ, प्रदेश र स्थानीय तह रहेको बताए । उनले कार्यपालिका र व्यवस्थापिका तीन तहकै सरकारमा रहेको बताए । उनले संघीय कार्यपालिका, संघीय व्यवस्थापिका, प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका भनेर संविधानमा लेखिसकेको बताए ।

संघलाई बाझिने गरी प्रदेशले कानुन बनाउन नसक्ने र प्रदेशसँग बाझिने गरी स्थानीय सरकारले कानुन बनाउन नसक्ने जिकिर गरे । संविधानअनुकूल नै कानुन निर्माण गर्दै जानुपर्ने उनले बताए ।

समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल जारी छ ।

ADV

सम्बन्धित खबर

Advertise