काठमाडौँ : त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दै छ। खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ।
नेपालले घरेलु टोली स्कटल्याण्डलाई लोस्कोरिङ गेममा २ विकेटले हराएको थियो । उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौँ बलसम्मै पुगेको थियो । आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।