२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

‘गाउँकी गोरी’मा विजय भ्लोनको अभिनय (भिडियोसहित)

shivam cement
मध्यान्ह
२०८२ असार ३ गते २०:४९
‘गाउँकी गोरी’मा विजय भ्लोनको अभिनय (भिडियोसहित)

काठमाडौं : नयाँ नेपाली गीत ‘गाउँकी गोरी’ सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार व्यवसायीसमेत रहेका कलाकार विजय भ्लोनको अभिनय रहेको ‘गाउँकी गोरी’ बोलको म्युजिक भिडियो सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

व्यवसायी एवं कलाकार भ्लोन मोभिरा रिक्रुटमेन्ट प्रा.लि.का सञ्चालक हुन् भने उनी समाजसेवीका रुपमा पनि परिचित छन् । गीतमा भ्लोनलाई अभिनयमा करुणा श्रेष्ठले साथ दिएकी छन् ।

मोभिरा इन्टरटेन्मेन्टको प्रस्तुति रहेको उक्त गीतमा विश्व दोङ र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा वाईसीएस आशिष सुनुवारको शब्द तथा संगीत रहेको छ । गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका हुन् भने मिक्सिङ–मास्टरिङ किशोर थापाले गरेका छन् ।

गीतमा गाउँको परिवेश, प्रेमभाव र लोक शैलीको झल्को दिने प्रस्तुति रहेको छ ।

भिडियोमा श्रृष्टि थापा मगरको मेकअप, सन्तोष चौहानको पोस्टर डिजाइन रहेको छ भने भ्यालेन्टिनो द बुटिकको पहिरन प्रयोग गरिएको छ । कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् ।

सोनम पाख्रिनको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका छन् । भिडियोको निर्माण व्यवस्थापन दिपेन गौतम माइकलले सम्हालेका छन् ।

गीत ‘गाउँकी गोरी’ छोटो समयमै दर्शकको ध्यान खिच्न सफल देखिएको छ ।


ADV

सम्बन्धित खबर

Advertise