२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

कवयित्री श्रेष्ठको 'भावनाका लहरहरू' लोकार्पण

shivam cement
मध्यान्ह
२०८२ असार २ गते ०८:५५
कवयित्री श्रेष्ठको 'भावनाका लहरहरू' लोकार्पण

काठमाडौं : वालकविता संग्रह ‘भावनाका लहरहरू' सार्वजनिक गरिएको छ । ओखलढुङ्गाकी कवयित्री कवयित्री रेणुका श्रेष्ठद्वारा रचित उक्त संग्रहको लोकार्पण नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं लोकार्पण कार्यक्रमका प्रमुख अतिथि चेतनाथ धमलाले गरेका हुन् ।

प्राज्ञ धमलाले 'भावनाका लहरहरू' कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गरे । कृति समाजका साहित्यिक ,सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको भन्दै उनले 'भावनाका लहरहरू' बालकविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी ,सरल र सटीक रहेको बताए। कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए ।

कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ, दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रमका सभाध्यक्ष तथा भावनाका लहरहरू बालकविता सङ्ग्रहका सर्जक श्रेष्ठले आफूले बालबालिकाको मनोभावनाअनुसार कविता रच्ने प्रयत्न गरेको बताइन् ।

श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन्। भावनाका लहरहरूमाथि साङ्गोपाङ्गो कृति समीक्षा कवि पार्थिवराज पाण्डेले गरेका थिए ।

कार्यक्रममा उपन्यासकार पार्वती श्रेष्ठले स्वागत मनतव्य उपन्यासकार पार्वती श्रेष्ठले र कार्यक्रमको सञ्चालन ओखलढुङ्गा पत्रकार समाजका सदस्य, आदर्श खबर मासिकका सञ्चालक टीकादास श्रेष्ठले गरेका थिए । उक्त कृतिको प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् । शिक्षण पेसामा आबद्ध कवयित्री रेणुका श्रेष्ठको उक्त कृति पहिलो हो।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise