२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

लोककवि अलिमियाँका गीत रेकर्ड गरिने

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १७:०८
लोककवि अलिमियाँका गीत रेकर्ड गरिने

काठमाडौंः लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायक गायिकाको स्वरमा ‘रेकर्ड’ गरिने भएका छन् । अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाई तथा गायिका लोचन भट्टराईको सक्रियतामा गीत रेकर्ड गरिने भएका हुन् । 

लोककवि अलिमियाँको १९औँ स्मृति दिवसका अवसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा गीत रेकर्ड गरिने जानकारी दिइएको हो । 

कास्कीको पोखरा मियाँपाटनमा १९७५ फागुन १५ गते जन्मिएका लोककवि अलिमियाँ नौ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा लागेका थिए । उनका गीति किताबहरू पनि प्रकाशन गरिएका छन् । नेपाली लोकसाहित्य उन्नयनमा जीवन समर्पित गरेका उनको २०६३ साउन १८ गते निधन भएको थियो । 

अलिमियाँको निधनपछि उनका छोरा हनिफ मियाँको अध्यक्षतामा ‘अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान’ गठन गरिएको हो । ‘प्रतिष्ठानले लोककविको योगदानलाई संसारभर फैलाउन, चिरस्थायी बनाउन र लोकसाहित्य साधकको सम्मान गर्ने काम गर्दै आएको छ’, अध्यक्ष मियाँले भने । 

लोककवि अलिमियाँबारे यसअघि ‘लोककवि अलिमियाँ’ पुस्तक प्रकाशन समेत भइसकेको छ । उक्त पुस्तक पत्रकार अमृत भादगाउँलेले २०५८ सालमा प्रकाशन गरेका हुन्  । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise