२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

नेपाल विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य

मध्यान्ह
२०८२ जेठ ३० गते १५:१२
नेपाल विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्था घाटामा गएर नभइ कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको उनले बताएका हुन् ।

शाक्यकाअनुसार अहिले प्रशारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन । कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्‍याएको हो । शाक्यले विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको बताए । उनकाअनुसार विगतमा जति लगानी भयो त्यसले पुगेन । ३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला ? उनले प्रश्न गरे ।

शाक्यले आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको संकेत गरे । उर्जा क्षेत्रका लागि भएपनि विद्युत प्राधिकरणलाई बचाइराख्नुपर्ने बताउँदै उनले विद्युत प्राधिकरण खण्डिकरण हुने हो भने उर्जा क्षेत्रको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताए । शाक्यकाअनुसार विद्युत प्राधिकरण नीजि क्षेत्रको मेरुदण्ड हो । कम्तिमा १० हजार मेगावाट नभएसम्म विद्युत प्राधिकरणलाई सबलीकरण गर्नुपर्छ ।

कार्यकारी निर्देशक शाक्यले भने–‘नेपाल विद्युत प्राधिकरण अहिले कठिन अवस्थामा छ । प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन । नेपाल विद्युत प्राधिकरण अघि बढ्नुपर्ने बाध्यात्मक स्थीतिमा उभिएको छ । सरकारले २८ हजार ५ सय उन्नती प्रगतिको लक्ष्य तोकेको छ । अहिले ३ हजा ५ सयलाई हाम्रो प्रशारण र वितरण प्राणालीले धान्न सकिरहेका छैनौं । हाम्रो प्रणाली त्यति कमजोर छ । अहिले ट्रिप भइरहेको छ । आज एउटा रुख ढ्ल्यो एउटा ट्रासमिसन लाइन  ट्रिप भयो ।  सिस्टम ट्रिप भइरहेको छ । त्यो किन बलियो बनाउन सकेनौं रु हाम्रो आर्थिक अवस्था, हामीले गर्नुपर्ने लगानी पर्याप्त गर्न सकेनौं ।’

नेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रशारण लाइनदेखि वितरण लाइन बनाउन चुनौती रहेको छ । वैदेशिक सहयोग नआउने हो भने विद्युत प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न सक्दैन । यसमा निजी क्षेत्रले समेत विद्युत प्राधिकरणलाई सघाउनुपर्ने शाक्यले बताए । शाक्यले व्यक्तिगत स्वार्थ छाडेर प्राधिकरणलाई अघि बढाउन चाहेको समेत जिकिर गरे । उनले सबैलाई साथ दिन समेत आग्रह गरे । 

ADV

सम्बन्धित खबर