काठमाडौं : ज्योति विकास बैंकले ग्राहकहरूलाई स्वास्थ्य सेवामा सुविधा प्रदान गर्न चुच्चेपाटीस्थित तिलगंगा सीटी आई सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले सो आँखा केन्द्रमा आँखा जाँच, शल्यक्रिया, थेरापी लगायतका सेवामा १० प्रतिशत र प्रिस्क्रिप्शन चस्मा खरिदमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
तिलगंगा नेत्र प्रतिष्ठानको सह–संस्थाले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । ज्योति विकास बैंकले आफ्ना ग्राहकको स्वास्थ्य र सेवा सुविधालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।
हालै बैंकले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा १५ प्रतिशत र सातदोबाटोस्थित पब्लिक नेपाल डेन्टल हस्पिटलमा ५० प्रतिशतसम्मको छुटसम्बन्धी सम्झौता समेत गरेको छ ।