काठमाडौं : पैचो पसल प्रालिले तीन दिवसीय नेसनल सेल्स समिट सम्पन्न गरेको छ ।
‘बसे पनि सहर गाँउ कै खाने रहर’ नाराका साथ सुरू भएको नेसलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्र्धन गर्ने रणनीति बनाएको हो । ग्रामीण उत्पादनलाई सहरसम्म पुर्याइरहेको पैचोले नेपाली टिपिकल स्वादलाई सहरसम्म पुर्याएर बिक्री वितरण गरिरहेको छ ।
पैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भइरहेको नेपाली समाजलाई रोक्नका लागि अब कृषिमा काम गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली उत्पादनको व्यापार स्वदेशमा मात्र नभएर विदेशमा समेत माग उच्च छ । नेपाली उत्पादनले विदेशी उत्पादनलाई रोक्ने काम गरेको भन्दै नेपाली उत्पादनको बजार हिस्सा बढ्नु अवसर हो,’ उनले भने ।
यस्तै पैचो पसलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)केशव न्यौपानेले पैचोसँग १ लाखभन्दा बढी किसान जोडिएर काम गरिरहेको बताए । उनले बजारको रोजाइमा पैँचोको उत्पादन बढ्दा विदेशमा भन्दा नेपालमै राम्रो आम्दानी गर्ने वातावरण बन्दै गएको बताए ।
कम्पनीको प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले पैंचोको उत्पादनहरू बजारमा निरन्तर आफ्नो बजार विस्तार गर्न सफल भएको बताए । कर्मचारीले नेतृत्व र दायित्वमा ध्यान दिने हो भने नेपाली ब्राण्ड स्थापित हुन धेरै समय नलाग्ने पैँचोले देखाएको बताए ।
उनले पैचोका उत्पादन स्वदेश तथा विदेशी बजारको हिस्सा बढाउन सहयोग गर्ने देशभरका कर्मचारीलाई धन्यवाद व्यक्त गरे । नेसलन सेल्स समिटमा आगामी आर्थिक वर्ष पैँचोसँग जोडिएका किसानहरूको कृषिजन्य उत्पादन बढ्ने हुनाले पैंचोको उत्पादन बजारमा राम्रो उपस्थिति रहने भन्दै व्यापार विस्तार गर्ने रणनीतिमा लाग्नु पर्नेमा जोड दिए ।
समिटमा चालु आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको रणनीतिको विषयमा देशभरमा बजार प्रतिनिधिले छलफल गरेका थिए । पैंचो नेसलन सेल्स समिटमा पैंचो टिमले अहिलेसम्म गरेको काम उत्साहजनक भएको भन्दै आफ्नो भूमिका र उत्तरदायित्वलाई अझै दत्त चित्त भएर काम गर्ने हो पैँचोका उत्पादन ग्राहकको पहिलो रोजाइमा पर्ने निष्कर्ष निकालिएको छ । पैचोले ग्रामीण कृषकले उत्पादन गर्ने कृषि उपजबाट केचप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० भन्दा बढी प्रकारका सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आएको छ ।