काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार २ हजार १६५ रुपैयाँ कायम भएको थियो ।