काठमाडौं : कुमारी बैंक लिमिटेडका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) को सेवामा छुट पाउने भएका छन् । बैंक र सेन्टरबीच भएको सम्झौतासँगै बैंकका ग्राहकलाई एकेडेमीले दिने सेवामा १५ प्रतिशत छुट दिने भएको हो ।
एकेडेमीले यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले सवारी चालक अनुमतिपत्रका लागि ड्राइभिङ कोर्स सञ्चालन गर्दै आएको छ ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वय गरेर छुट तथा किस्ताबन्दीका सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।