२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

रसुवाबाट दश वर्षमा १४ हजार ५ सय विद्युतीय सवारी आयात

मध्यान्ह
२०८२ जेठ २८ गते १०:३१
रसुवाबाट दश वर्षमा १४ हजार ५ सय विद्युतीय सवारी आयात

रसुवा : दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५ सय नाघेको छ ।

विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टे खोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । 

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँच पास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।

ADV

सम्बन्धित खबर