२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा

मध्यान्ह
२०८२ जेठ २५ गते २०:३७
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा

काठमाडौं : हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी अबदेखि ‘ठमेल शाखा’को रूपमा सेवा प्रदान गर्न थालेको छ । काठमाडौं महानगरपालिका–२७, ठमेलस्थित संचय कोष भवनबाट नयाँ शाखाले आइतबारदेखि सम्पूर्ण बैंकिङ सेवा सुरु गरेको हो ।

शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर राणाले अन्य उच्चपदस्थ अधिकारीहरू तथा अतिथिहरूको उपस्थितिमा गरेका थिए ।

हिमालयन बैंकले नयाँ स्थानबाट सेवा विस्तार गरी ग्राहकलाई अझ सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

ADV

सम्बन्धित खबर