२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

कजारियाले सार्वजनिक गर्‍यो एचडी पोलिस्ड टायल

मध्यान्ह
२०८२ जेठ २५ गते १३:२८
कजारियाले सार्वजनिक गर्‍यो एचडी पोलिस्ड टायल

काठमाडौं : नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०x१२० से.मी.) सार्वजनिक गरेको छ । नेपालमा पहिलोपटक कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको कम्पनीको भनाइ छ ।

विश्वस्तरीय मापदण्डअनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एचडी पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट र सुपर-स्मूथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउने कम्पनकी दाबी छ । अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूका लागि उत्कृष्ट रोजाइ रहेको कम्पनीले बताएको छ ।

“यो केबल टायल होइन, विलासिताको अनुभव हो । नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं । यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायलमार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं,” कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचीहरूलाई ध्यानमा राख्दै ३ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्ने कम्पनीले बताएको छ ।

नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कका साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले ३०x३० से.मी., ३०x६० से.मी., ३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउने कम्पनीले बताएको छ ।

ADV

सम्बन्धित खबर