२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

भृकुटीमण्डपमा राष्ट्रिय मह मेला

मध्यान्ह
२०८२ जेठ २२ गते २१:२८
भृकुटीमण्डपमा राष्ट्रिय मह मेला

काठमाडौं : भृकुटीमण्डपमा बिहीबार देखि छैटौं राष्ट्रिय मह मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकार किसानको साथमा रहेको उल्लेख गर्दै उत्पादन बढाउनतर्फ लाग्न आग्रह गरे । 

मन्त्री अधिकारी भने, ‘सक्नेले दैनिक एक चम्चा मह खानुस्, स्वास्थ्यलाई फाइदा र मौरीपालक किसानका लागि पनि सहयोग हुन्छ, नेपाली उत्पादनलाई हामीले प्रोत्साहन नदिने हो भने कसले दिने ? ’नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेले मुख्य गरी मौरीपालक किसानका लागि चरनको भरपर्दाे व्यवस्था र बजारीकरण मुख्य समस्या रहेको बताउँदै त्यसको उचित सम्बोधानका लागि सरकारको ध्यानाकर्षण गराए । 

उनले किसानले मौरी पालेर परागशेचनमा सहयोग गरेवापत सरकारले प्रतिघार एक हजार रोयल्टी दिन जरुरी रहेको बताउँदै एक पालिकाबाट अर्काे पालिकामा मौरी लैजान भइरहेको अवरोध हटाउन माग गरे । अध्यक्ष घिमिरेले मौरी चराउन लगिएको ठाउँमा विभिन्न समूह तथा सामुदायिक वनले चन्दा माग्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले सरकारसँग विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा आयात हुने महको भन्सार दर बढाउन आग्रह गरे । 

उनले काठमाडौंमा महको मार्ट नै खोजेर बजारीकरणका लागि काम गर्न लागिएको जानकारी दिए । 

महासंघका पूर्वअध्यक्ष राजेन्द्र गौतमले मौरी चराउन जाँदा कुनै ठाउँमा राखियो भने प्रतिघारमै सामुदायिक वनले ३५० सम्म लिने गरेको भन्दै यसरी शुल्क उठाउन रोक लगाउनुपर्नेमा जोड दिए ।

नेपाली उत्पादन राम्ररी बिक्री नहुने तर बाहिरबाट वार्षिक चार हजार मेट्रिकटन मह आयात हुने अवस्थाको अन्त्य जरुरी रहेको बताए । उत्पादनमा आधारित अनुदान दिँदै महको बजारीकरणमा सरकारको सहयोग जरुरी रहेको उनको भनाइ थियो ।

शुक्रबारसम्म चल्ने मेलामा देशभरबाट आएका मह किसानका ४० वटा स्टल छन् । स्टलमा मुख्यगरी सातै प्रदेशमा उत्पादित मह तथा मौरीजन्य उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । महका परिकार, मौरी र महसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया, नेपालमा पाइने मौरी तथा महको प्रदर्शनीका कार्यक्रमसमेत रहेका छन् । मेलामा एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

ADV

सम्बन्धित खबर