काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।