काठमाडौं : दर्जनौं सफल गीतका संगीतकार ज्योति प्रकाशको संगीत, वरिष्ठ गीतकार रविन्द्र आशिष शैलीको शब्द, राज सिग्देलको स्वरमा ‘किन किन आकाशमा छैन जुन आज’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रेम, पिडा, आशा र शून्यतालाई समायोजन गरी तयार पारिएको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षमा सम्पन्न कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेल, गीतकार संघ नेपालका पूर्वअध्यक्ष शुभ मुकारुङलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
ओएसआर डिजिटलबाट सार्वजनिक भिडियो जयराम थापाले खिचेका हुन् भने निर्देशन दिपेन्द्र प्रकाश केसीले गरेका हुन् ।