२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

एभरेस्ट टोस्टमास्टर्स कतारले मनायो सयौं बैठक उत्सव

तिलु शर्मा पौडेल
२०८२ वैशाख २९ गते २०:४५
एभरेस्ट टोस्टमास्टर्स कतारले मनायो सयौं बैठक उत्सव

दोहा कतार : सन् १९२४ देखि सुरुवात भएको टोस्टमास्टर्सको एक शाखाको रूपमा रहेको एभरेस्ट टोस्टमास्टर्स कतारले आफ्नो सयौं बैठकको उत्सव मनाएको छ । 

नेपाली टोस्टमास्टर्सका रूपमा स्थापना गरिएपनि पछिल्लो समय टोस्टमास्टर्स अन्तर्राष्ट्रियसँग जोडिएपछि कतारमा रहेका नेपालीहरूले संचालन गरेको क्लबले डिस्ट्रिक्ट लेभलको मान्यता पाएसँगै थप हौसलासहित ‘ए टु हन्ड्रेट’मिटिङको उत्सव मनाएको हो । 

सयौं बैठक कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विभिन्न गतिविधि गर्दै मनाइएको छ ।

बैठकमा बोल्दै राजदूत पौडेलले कतारमा टोस्टमास्टर्सले क्षमता अभिवृद्धिमा गरेको योगदानको प्रशंसा गरे । विश्वभरका मानिसहरूलाई सहयोगी बनिरहेको टोस्टमास्टर्समार्फत नियमित रूपमा हरेक प्रकारका अभ्यास र मूल्यांकनको माध्यमबाट आत्मविश्वास पूर्वक कुराकानी गर्न प्रेरित गर्नु र विश्वव्यापी समुदायमा सामेल हुनुनै मुख्य उद्देश्य रहेको छ । 

खास गरी निर्धारित समयमा सुरू हुने बैठकमा मोबाइल साइलेन्ट गराउँदै बैठकको सञ्चालन गर्न सुचारु गर्ने गरिन्छ भने आसपासमा बसेका व्यक्तिहरूसँग आवाज निकालेर कुरा गर्न पनि मनाही गर्ने गरिन्छ । 

प्रमुख अतिथि बाहेक कसैलाई पनि आसन ग्रहण नगराइ सुरू गरिने कार्यक्रममा अंग्रेजी भाषाको मात्र प्रयोग गरिन्छ । प्रत्येक बैठकमा फरक–फरक अंग्रेजी शब्दको प्रयोग गरिन्छ । जुन ‘वर्ड अफ दि डे’ का रूपमा रहने गर्दछ भने हरेक बैठकमा करिब आधा दर्जन नयाँ पुराना सहभागीलाई नयाँ नयाँ शीर्षक प्रदान गर्दै कम्तीमा एक र बढीमा अढाई मिनेट भित्र ‘वर्ड अफ दि डे’ लाई समेट्दै आफ्ना विचार राख्ने अवसर दिइन्छ जुन सिकाइ र बुझाइको मुख्य मेरुदण्ड हुने गर्दछ । 

समयको पालना कति गर्दै वक्ताहरूले आफ्ना धारणा राखे भन्ने कुरादेखि आफ्ना धारणा राख्दै गर्दा सोही शब्दलाई कति ठाउँमा प्रयोग गरे । वक्ताले भन्ने कुरा समेत निक्यौल गर्न विज्ञको व्यवस्था गरिएको हुन्छ  । सयौं बैठकमा विभिन्न देशका टोस्टमास्टरहरुले नेपाली टोस्टमास्टरदेखि एभरेस्ट टोस्टमास्टर हुँदै सय बैठक पुरा गर्दै गर्दा नेपालीहरूले भोगेका कठिनाइ र सफलताको चर्चा गरेका थिए । 

विशेष वक्ताका रूपमा रहेकी निशा शिवरामले पब्लिक स्पिकरमा आफ्नो अनुभव साट्दै सक्दिन डर लाग्छ भन्ने सोचलाई टोस्टमास्टर्समार्फत चिर्न सकारात्मक ऊर्जा प्रदान गरिन् । नयाँ र पुराना गरी करिब ५० जना सहभागी भएको बैठक आइतबार साँझ सल्वारोडमा अवस्थित मर्जा रेस्टुरेन्टमा सम्पन्न भएको हो । व्यक्तिगत क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर संचालन हुने बैठकको सहजीकरण सतिस शाहले गरेका थिए भने क्लबका अध्यक्ष मोहमद नुरेनले आभारसहित समापन गरेका थिए ।

ADV

सम्बन्धित खबर