काठमाडौं : अन्तर्राष्ट्रिय स्तरको पिकअप गाडी टनल्यान्ड जी७ नेपालमा सार्वजनिक हुने भएको छ । एमएडब्लू वृद्धिले यस एक वर्षे परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिँदै नेपाली उपभोक्तालाई शक्ति, सुरक्षा र लक्जरीको उत्कृष्ट संयोजन प्रदान गर्ने बताएको हो ।
कम्पनीकाअनुसार टनल्यान्ड जी७ मा १६० हर्सपावर क्षमताको इन्जिन र ३९० एनएम टर्क छ । जसले कठिन उकालो, ओरालो वा अप्ठ्यारा सडकहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्ने सुनिश्चितता दिन्छ । २२५ मिमिको ग्राउन्ड क्लियरेन्सले यसलाई देशका ग्रामीण तथा पहाडी क्षेत्रका लागि उपयुक्त बनाएको बताइएको छ ।
यस गाडीमा आधुनिक पुस–स्टार्ट बटन, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा छन्, जसले नयाँ चालकहरूका लागि समेत सहज र सुरक्षित ड्राइभ अनुभव सुनिश्चित गर्छ । १२.३ इन्चको इनफिनिटी टचस्क्रिन, पानोरामिक सनरुफ, ‘हिटेड’ तथा ‘भेन्टिलेटेड’ सिट, र १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिटहरूले यसलाई प्रिमियम स्तरको बनाउँछ ।
वर्षभर सन्तुलित तापमान कायम राख्ने अटोमेटिक एयर कन्डिसनिङ प्रणालीले मौसमको असहजतालाई सहज बनाउँछ । एमएडब्लू वृद्धिका अनुसार टनल्यान्ड जी७ नेपाली पिकअप बजारमा नयाँ मापदण्ड कायम गर्ने पूर्ण सम्भावना बोकेको गाडी हो । कम्पनीले नेपाली ग्राहकहरूलाई यो नयाँ अनुभव लिन आमन्त्रण गरेको छ ।