काठमाडौं : नेकपा(एकीकृत समाजवादी) बाँकेको अध्यक्षमा दिपक जि.एम निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न जिल्ला अधिवेशनले जिएमको नेतृत्वमा ५७ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । जिल्ला अधिवेशनले उपाध्यक्षमा शिव डाँगी र करिश्मा योगीलाई चयन गरिएको छ ।
त्यस्तै सचिवमा तेजप्रसाद अधिकारी, उपसचिवमा मकबुल खाँ, टेकेन्द्र मल्ल र प्रेमिका शाहीलाई चयन गरेको छ । अधिवेशनलाई पार्टीका महासचिव घनश्याम भूसालले उद्घाटन गरेका थिए ।