२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

फुडमान्डुले मध्यराति पनि फुड डेलिभरी सेवा दिने

मध्यान्ह
२०८२ वैशाख २१ गते २१:३१
फुडमान्डुले मध्यराति पनि फुड डेलिभरी सेवा दिने

काठमाडौं : फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरूको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्री फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ । सो सेवामार्फत् ग्राहकहरूले राती १२ः०० बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन् । 

नयाँ सेवाका बारेमा बोल्दै फुडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘हामी हाम्रा ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरू पनि थप गर्दै गइरहेका छौँ, हामीले हाम्रा ग्राहकहरूको आवश्यकता बुझेर मध्यरात्रि फुड डेलिभरी सेवा थप गरेका हौँ ।’

शुरुवाती चरणमा, यो सेवा काठमाडौं उपत्यकाको रिङरोड र वरिपरिका क्षेत्रहरूमा उपलब्ध हुने जनाइएको छ । यसले ग्राहकहरूको मागलाई पूरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर