२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

‘काईई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना हुँदै

मध्यान्ह
२०८२ वैशाख २१ गते २१:३०
‘काईई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना हुँदै

काठमाडौं : काठमाडौंका दुई स्थानमा यही २६ देखि २८ वैशाखसम्म ‘काईई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना हुने भएको छ । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा उक्त एक्सचेन्ज कार्निभल आयोजना हुन लागेको हो ।

कार्निभल काठमाडौंको थापाथलीस्थित काईई शोरुमको छेउमा र हुन्डाई शोरुमको सामुन्ने आयोजना हुने बताइएको छ । स्मार्ट, सफा र खुसीसाथ विद्युतीय मोबिलिटीमा रुपान्तरण गर्न प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ ।

सो एक्सचेन्ज कार्यक्रममा काईईका इलेक्ट्रिक सवारीसाधनहरूमा अतुलनीय अफरहरू प्रदान गरिने कम्पनीले बताएको छ । कम्पनीकाअनुसार ग्राहकहरूले एक्सचेन्ज योजनाअन्तर्गत तत्काल गाडी मूल्यांकन, उत्कृष्ट पुनः बिक्री मूल्य, आकर्षक नगद छुटहरू पाउन सक्नेछन् । साथै, प्रत्येक मूल्यांकनमा दुई जनाका लागि निःशुल्क क्यूएफएक्स चलचित्र टिकट पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, थप फाइदामा कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक करको कभर र छानिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि समावेश गरिएको बताइएको छ । प्रत्येक बुकिङमा रोचक उपहारहरूमा ई–क्युट सवारीसाधनसँग बोस्क जेट वासर र एक्स३ प्रो सवारीसाधनसँग बोस्क वासिङ मेसिन ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।

एक्सचेन्ज कर्निभलको अवधिमा, ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी ल्याई मूल्यांकन गराउन सक्नेछन्, र त्यसमा उत्कृष्ट पुनः बिक्री अफरहरू प्राप्त गर्न सक्नेछन् । त्यससँगै काइई ले विशेष एक्सचेन्ज बोनस, नगद छुट, सडक कर र इन्स्योरेन्सको पूर्ण कभरेज पनि प्रदान गर्नेछ ।

ADV

सम्बन्धित खबर