काठमाडौँ : स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ ।
प्रतितोलामा छ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।