२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

मध्यान्ह
२०८२ वैशाख २१ गते ०९:०२
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ : संघीय संसद अन्तर्गत आइतवार चार संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १०:३० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल गरिने सचिवालयले जनाएको छ ।

त्यस्तै, अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी संघीय संसद, सार्वजनिक लेखा समितिको ४० औँ बैठक  १:३० बजे बस्दै छ । बैठकमा सा।ले.स.को २३ औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा, उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

ADV

सम्बन्धित खबर