२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती

मनु यादव निरज
२०८२ वैशाख १९ गते २०:४४
सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती

सिरहा : सिरहाको भगवानपुर वडा नं.४ को ठाडी–अभयनगर सडकखण्ड स्तरोन्नती नहुँदा स्थानीयलाई सास्ती भएको छ । दुई वर्षदेखि निर्माणाधीन उक्त सडकखण्डमा खाल्डो भएपछि जीर्ण बनेको छ ।

लामो समय हुँदा पनि सडक मर्मत सम्भार गर्न सम्बन्धित निकायले ध्यान नदिएको भगवानपुर वडा नं.३ का स्थानीय सुभाष चन्द्र  यादवले बताए । उनले सडक खण्डको दूरावस्थाकै कारण दैनिक साना–ठूला गाडी दुर्घटना हुने गरेको बताए । 

तत्काल उक्त सडकखण्ड मर्मत तथा पुननिर्माण गरी सर्वसाधारणलाई आवागमन सहज बनाउनेपर्नेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने उनले बताए । 

सडकमा पानी जमेपछि सवारीसाधन तथा पैदल यात्रामा सास्ती हुने गरेको स्थानीय बताउँछन् । ठाडीदेखि मरिकटोल हुँदै अभयनगरसम्म यो सडक जान्छ, तर यात्रुलाई बीच–बीचमा ओराल्ने र चढाउने गर्दै आएको मोटरसाइकल चालक बिरेन्द्र यादवले बताए । यस क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको उनको भनाइ छ । ठाउँ–ठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछि थप समस्या भइरहेको देवनारायण यादवले बताए । 

यता भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई सडकको विषयमा  सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । चुनावका बेला आफू युवा भएको र गाउँको विकास निर्माणलाई पहिलो प्राथमिकता दिने भन्दै जनताको घरदैलोमा भोट माग्दै हिँडेका अध्यक्ष यादव अहिले भने तीनै जनतासँग टाढिँदै गएको स्थानीयको गुनासो छ । 

ADV

सम्बन्धित खबर