२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

shivam cement
मध्यान्ह
२०८२ वैशाख १३ गते १२:३५
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएको छ ।

गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको दावी गरेका थिए ।

ट्रम्पले भने, ‘उहाँलाई बोलाइएको छ र मलाई लाग्दैन कि यो मेरोे तर्फबाट भएको कमजोरीको सङ्केत हो।’ चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिङ्टनबीच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरा बिहीबार नै अस्वीकार गरिसकेको छ ।

चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, कुनै सम्झौताको त कुरै छाडौँ ।’

वक्तव्यमा ट्रम्प वा सीको नाम उल्लेख गरिएको छैन वा ट्रम्पको फोन वार्ताको दाबीलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन तर संयुक्त राज्य अमेरिकाको कर वृद्धिबारे वार्ता जारी छ भन्ने टिप्पणी ‘भ्रामक बाहेक अरू केही होइन’ भनिएको छ ।

‘यो व्यापार युद्ध अमेरिकी पक्षले सुरु गरेको हो,’ विज्ञप्तिमा भनिएको छ। यदि अमेरिका वास्तवमै वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले पहिले आफ्नो गल्ती सच्याउनुपर्छ, अरूलाई धम्काउने र दबाब दिन बन्द गर्नुपर्छ र चीनविरुद्धको सबै एकपक्षीय कर वृद्धिलाई पूर्ण रूपमा हटाउनुपर्छ ।

ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचे व्यापार युद्ध सुरु भएको छ । अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ । चीनले पनि अमेरिकाविरूद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ ।

ट्रम्पले आगामी केही हप्तामा अमेरिकी व्यापारिक साझेदारहरूसँग सम्झौताको घोषणा गर्ने बताए ।  ट्रम्पले चीनतर्फ सङ्केत गर्दै टाइमसँग भने, ‘उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौ।’ 

ADV

सम्बन्धित खबर

Advertise