२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

काफल बेचेर मासिक ५० हजार कमाइ

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख १ गते २०:५८
काफल बेचेर मासिक ५० हजार कमाइ

अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कदेखि कपिलवस्तुको गोरुसिङ्गे सडक खण्डका ठाँउ–ठाँउमा काफल बेच्चेहरूको लाइन लाग्ने गर्दछ । राजमार्ग आसपास क्षेत्रमा गाउँबाट काफल लिएर बिक्री गर्ने गरिन्छ । जंगलमा फल्ने काफल अहिले त्यस क्षेत्रका मानिसको आम्दानीको राम्रो स्रोत बनेको छ । 

मौसमअनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका स्थानीय महिलाहरू अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । अर्घाखाँची  सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा मौसम अनुसारका फलफूल तथा काफल बेच्नेको लाइन नै लाग्ने गरेको छ । काफल बेचेर उनीहरूले दैनिक पाँच हजारदेखि सात हजारसम्म आम्दानी गर्ने गरेका छन् । 

सन्धिखर्क बजारदेखि सुपादेउराली, घुम्ती बजारमा जगतबाट टिपेर  ल्याएका काफल बेचेर मात्रै दैनिक पाँच हजारसम्म आम्दानी गर्ने गरेको सन्धिखर्क–६ की काफल कमला रेग्मी बताउँछिन् । ‘दिनमा पाँच हजारसम्म कमाइ हुन्छ’, उनले भनिन् ‘कहिलेकहीँ त त्योभन्दा बढी पनि हुन्छ ।’

दिनभरी काफल टिपेर भोलिपल्ट बिहानै बजारमा काफल बेच्ने गरेको सन्धिखर्क–७ की बिमला मगरले बताईन् । ‘बुढा कामको सिलसिलामा विदेशमा हुनुहुन्छ, यहाँ मैले काफल बेचेर घरखर्च चलाउँछुु, उनले भनिन्  ‘बुढाको कमाई सबै बचत गरेको छु ।’

त्यस्तै, बिहानै काफल  टिपेर सन्धिखर्क–७ सुपादेउराली मन्दिर नजिक  काफल बेच्न आउने गरेकी सीता रायमाझीले पनि काफल हुने सिजनमा राम्रो आम्दानी गर्ने गरेको बताइन् । एक महिनामा २०  दिन काफल टिप्न जाने र १० दिन काफल बेच्ने गरेको उनले सुनाईन् ।

एक माना काफललाई एक सय ५० मा बेच्ने गरिएको उनले बताइन् । ‘पोहोरसाल सम्म १ सयमा काफल बेच्ने गरेका थियौँ’, उनले भनिन्, ‘अहिले १ सय ५०  मा हामीले काफल बेच्ने गरेका छौँ ।’

त्यस्तै सन्धिखर्कका बिष्णु नेपालीले पनि काफलबाटै घरपरिवार चलाएकी छिन् । उनले अरुले टिपेको काफललाई किनेर बिक्री गर्ने गर्छिन् । आफैँ टिप्न नसक्ने भएकाले अरुले ल्याएको काफल खरिद गरेर बेच्ने गरेको उनले बताइन् । 

‘आफैंले टिपेर ल्याएर अलि बढी आम्दानी त गर्न सकिन्छ, तर अरुले ल्याएको काफललाई खरिद गरेर बिक्री गर्दा पनि राम्रै हुन्छ’, उनले भनिन्, ‘त्यसो गर्दा पनि दैनिक २ हजार रुपैयाँसम्म कमाइ हुन्छ ।’

सन्धिखर्क र राजमार्ग क्षेत्रमा  काफल बेच्ने महिला धेरै छन् । सन्धिखर्क हाटबजारमा पनि काफल बेच्न महिलाहरू सक्रिय छन् । बजारमा काफलको माग अत्याधिक हुने गरेको छ । यहाँको काफल देशका ठूला सहरहरूमा  बिक्रीवितरणका लागि जाने गर्छ । सुपादेउराली दर्शन गर्न आएका अधिकांश श्रद्धालु भक्तजनले काफल किनेर कोसेलीको रूपमा लैजान्छन भने अर्घाखाँचीको काफल बुटबल, काठमाडौं, पोखरासम्म कोसेलीको रूपमा यात्रा गर्नेले लौजाने गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise