२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

मध्यान्ह
२०८१ चैत १७ गते ०८:१२
आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ : आँबुखैरेनी गाउँपालिकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका-५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु. ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी-बरालुङबेँसी सडकका निम्ति स्थानीयले रु. एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । 

लाब्दी–घुमाउने सडकमा  स्थानीयले रु. सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति रु. पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु. ५४ हजार ३८८ योगदान गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर