२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

shivam cement
मध्यान्ह
२०८१ चैत १४ गते ०८:३४
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

पर्सा : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु. पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिव शान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको हो ।

अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ रु. एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ र मूल्य अभिवृद्धि करतर्फ रु. ५८ लाख ३७ हजार छ सय ८३ गरी कूल रु. दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ बिगो कायम गरिएको उनले जानकारी दिए ।

उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने रु. चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन माग दाबी लिई अभियोगपत्र दर्ता गरेको हो ।

यसैगरी वीरगञ्ज महानगर–१६ का सञ्जयकुमार कुर्मीले शिव शान्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ रु. १९ लाख ६० हजार १५१ र मूल्यअभिवृद्धिकरतर्फ बिगो रु. १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार  २१४ को शतप्रतिशत जरिवाना गरी रु. ५९ लाख ९८ हजार चार सय २८ र कैद सजाय हुन माग दाबी लिई अभियोगपत्र दर्ता गरेको छ ।

अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise