२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन

मध्यान्ह
२०८१ चैत १३ गते १५:३६
राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन

काठमाडौंः पन्ध्र मिनेटका लागि स्थगन भएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ । संसद् सचिवालयले सूचना जारी गरी राष्ट्रियसभाको बैठक आजै ३ः४५ मा बस्ने जनाएको हो ।

दिउँसो १ः१५ मा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्ष दलहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगन गरिएको थियो । १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम आजै अपराह्न ३ः४५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका पक्षपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए । 

ADV

सम्बन्धित खबर