२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

कुलमानलाई बर्खास्त गरेको विषयमा राष्ट्रियसभामा पनि विरोध, बैठक स्थगित

मध्यान्ह
२०८१ चैत १३ गते १३:५३
कुलमानलाई बर्खास्त गरेको विषयमा राष्ट्रियसभामा पनि विरोध, बैठक स्थगित

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा राष्ट्रिय सभामा पनि सत्ता पक्षको वरोध गरिएको छ ।

बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिएका हुन् ।

सार्कीले घिसिङलाई पुरस्कृत गर्नुको साटो बर्खास्त गरेर दण्डित गरिएको भनाइ राखे । उनले यसबारे प्रधानमन्त्रीकाे स्पष्टीकरण माग गरेका छन् । विराेधपछि सभा १५ मिनेटका लागि स्थगित भएको छ। 

 

 

ADV

सम्बन्धित खबर